0 COMMENTS

काठमाडौं११ जेठ ०७४/बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी परित्याग गरी ३ दर्जन नेता प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय नेता टिआर खम्बु, नयाँ शक्तिका नेताहरु डा. चेतकुमारी गुरुङ, डा. चन्द्र लक्जम्बा लगायतलाई बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका हुन् ।

त्यस्तै संघीय समाजवादी फोरमका नेता दीपक झा, खबिराज राई, खम्बुवान् राष्ट्रिय मोर्चाका नेता राज्य राई, गोरख राई, गणेश भण्डारी लगायत पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्र प्रवेश गर्दै नेता लिम्बुले केन्द्रमा निहित अधिकार जनताको घरआँगनमा लैजान माओवादी केन्द्र र प्रचण्डको अतुलनीय योगदान रहेको भन्दै माओवादी केन्द्रमा प्रवेश गरेको बताए ।

नयाँ शक्तिका नेता डा. लक्जम्बा र डा. गुरुङले अहिले हेर्दा सामान्य लागे पनि गाउँपालिका र नगरपालिकाको माओवादी अवधारणाले केही वर्षमा नेपालको आर्थिक विकास र समृद्धिमा कायापलट आउने भएकाले त्यसबाट प्रभावित भएर आफुहरु माओवादी केन्द्रमा प्रवेश गरेको बताए ।

नेताहरुलाई पार्टीमा प्रवेश गराउँदै प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनले कसैले उल्टाउन नसक्ने गरी संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।