0 COMMENTS

चितवन११, जेठ ०७४/भरतपुर महानगरपालिकाको मेयर पदमा देवी ज्ञवाली र रेणु दाहालबीचको मतान्तर घट्ने क्रम जारी नै रह्यो।
वडा नं. २५ सम्मको मत गणना सकिदा मेयर पदमा नेकपा (एमाले)का उम्मेद्वार देवी ज्ञवालीले ३० हजार ६ सय ८२ मत ल्याएका थिए भने सत्तारुढ गठबन्धनबाट मेयर पदमा उम्मेद्वार रहेकी माओवादीकी रेणु दाहाललाई २८ हजार ९ सय ३३ मत प्राप्त भएको थियो। मेयर पदमा ज्ञवाली र दाहालबीच एक हजार ७ सय ४९ मतको अन्तर थियो। आज वडा नम्बर १५ मा प्रारम्भीक नतिजा अनुसार रेणुले देवीलाई ११३ मतले उछिनेकी छन्। उनले ४६८ मत पाउँदा देवीले ३५५ मत पाएका छन्।

यसअघिको १४ नम्बर वडासम्मको मत गणना सकिदा मतान्तर एक हजार ९ सय ६१ थियो। मंगलबारसम्म देवी ज्ञवाली माओवादी उम्मेद्वार रेणु दाहालभन्दा तीन हजार ८ सय ३६ मतले अगाडि थिए।बुधबारबाट मतान्तर निरन्तर ओरालो लागेको हो। भरतपुरमा अहिले वडा नं. १५ को मत गणना भइरहेको छ।

यसको वडाध्यक्षमा कांग्रेसका उम्मेद्वार अगाडि छन्। प्रारम्भीक ११०० मत गणनामा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वारले ४६८ मत पाएका छन् भने एमालेले ३४५ र माओवादी केन्द्रले २०७ मत पाएको छ।यो वडामा मंगलपुर, फूलबारी, श्रीपुर जस्ता कांग्रेसको अत्याधिक मतदाताको बसोबास भएका गाउँहरू छन्।

अब वडा नं. १५ को पुरै गणनापछि पनि मतान्तर झनै घट्ने भएको छ। २९ वटा वडाहरु रहेको भरतपुरमा अब १० वटा वडाहरुको मत गणना बाँकी छ। एमालेको राम्रो मतआधार भएका वडाहरुको गणना सकिएका कारण सो पार्टीका उम्मेद्वारहरुको पक्षमा अब उल्लेख्य मत आउने सम्भावना नभएको कांग्रेसका नेताहरूले दाबी गरेका छन्।

तर गन्न बाँकी केही वडाहरुमा एमाले प्रतिस्पर्धामा आउन सक्ने र केहीमा जित्ने नै अवस्था रहेको नेताहरुले बनाएका छन्। भरतपुरमा १९ वटा वडाको मत गणना सकिएको छ। जसमा एमाले १०, काँग्रेस ६ वडामा विजयी भएको छ र माओवादी तीन वटा वडामा वडाध्यक्षमा विजयी भएको छ।

भरतपुर महानगरको मतगणना जारी छ। निर्वाचन भएको दश दिन बितिसक्दा पनि मतपरिणाम भने आउन सकेको छैन। पहिलो चरणको स्थानीय तहको निर्वाचनको केन्द्रमा रहेको भरतपुरको मतगणनामा सबैको ध्यान छ।नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन उम्मेद्वार प्रधानमन्त्री प्रचण्डकी छोरी रेणु दाहाल र नेकपा एमालेका देवी ज्ञवालीबीच तीव्र प्रतिष्पर्धा छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।