0 COMMENTS

काठमाण्डाै १०जेष्ठ २०७४/प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएका छन् । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् । २०७३ साउन १९ गते संसदमा ३ सय ६३ को बहुमत प्राप्त गरी दाहाल दोस्रोपटक मुलुकको ३९औं प्रधानमन्त्रीका रुपमा निर्वाचित भएका थिए । उनी २०६५ साल साउनमै पहिलो पटक प्रधानमन्त्री बनेका थिए ।

गत साउनमा सरकार गठन हुँदा नेपाली कांग्रेससँग भएको सहमतिबमोजिम प्रधानमन्त्री दाहालले पदबाट राजीनामा दिएका हुन् । अब कांग्रेस-माओवादी केन्द्रको गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने छन् । दुई पार्टीबीच स्थानीय तह निर्वाचन सम्पन्न गराउँदासम्म माओवादी अध्यक्ष समेत रहेको दाहालले सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेसलाई सत्ताको नेतृत्व हस्तान्तरण गर्ने समझदारी बनेको थियो । सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले आफू नेतृत्वको सरकारले राजनीतिक, आर्थिक, सामाजिक र कूटनीतिक रुपमा रहेको समस्या र असमक्षदारी हटाएको बताए ।

संविधान कार्यान्वयन स्वरुव स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको उल्लेख गरे । उनले शान्ति प्रक्रियाको काम, भूकम्पपछि पुनर्निर्माण र पीडितलाई राहत वितरण लगायतका कार्य गरेको बताए । त्यस्त तराई/मधेस आन्दोलनका क्रममा साहदत प्राप्त प्रहरी र नागरिकलाई सहिद घोषणा र राहत वितरणको कार्य गरिएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।