0 COMMENTS

भरतपुर१० जेठ०७४/ भरतपुर महानगरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले मतअन्तर कम गर्दै लगेकी छन् । अहिले रेणु नेकपा माओवादीका उम्मेदवार देवी ज्ञवालीभन्दा २ हजार ८ सय १५ मतले मात्र पछाडि छिन् ।
पछिल्लो पटक भरतपुर महानगरको वडा नम्बर २६ को ३ हजार मतगणना हुँदासम्म रेणुले कुल २५ हजार १७ मत प्राप्त गरेकी छन् भने एमालेका देवी ज्ञवालीले २७ हजार ८ सय ३२ मत प्राप्त गरेका छन् । भरतपुरमा अझै १२ वटा वडाको मतगणना गर्न बाँकी छ । वडा नम्बर १४, १५ र १६ बाट रेणुले लिड गर्ने अनुमान गरिएको छ । भरतपुर महानगरमा जम्मा २९ वटा वडा छ । १२ वटा वडामा खसेको मतले रेणुलाई साथ दियो भने उनको विजय हुन सक्छ । मत अझै धेरै गणना गर्न बाँकी भएकोले चुनावी परिणाम कता जान्छ भन्न सकिने अवस्था छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।