0 COMMENTS

ललितपुर १०,जेष्ठ०७४/ ललितपुर महानगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली काँग्रेसका उम्मेदबारले विजय हासिल गर्नुभएको छ । नेपाली काँग्रेसका नगरप्रमुख पदका उम्मेदवार चिरीबाबु महर्जन २४ हजार ६४२ मतका साथ प्रमुख पदमा विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण दवाडीले जानकारी दिनुभयो ।

महर्जनले उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का हरिकृष्ण ब्यञ्जनकारलाई ३२६ मत अन्तरले पछाडि पार्नुभएको छ । प्रमुख पदका उम्मेदवार एमालेका ब्यञ्जनकारले २४ हजार ३१६ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी, उपप्रमुख पदमा नेपाली काँग्रेसका गीता सत्यालले १९ हजार ८१९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँले निकटतम प्रतिद्वन्द्वी साझा पार्टीकी शोभा शाक्यलाई पाँच हजार ५७९ मतले पछाडि पार्नुभयो । शाक्यले १४ हजार २४० मत प्राप्त गर्नुभएको छ । महानगरको निर्वाचनमा एमाले र राप्रपाबीच गठबन्धन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।