0 COMMENTS

 काठमाण्डाै  ९ जेष्ठ०७४/  बुढानिलकण्ठ न.पा. वडा नं.२  बस्ने भारत हरियाणा रेवाडि जिल्ला नांगलमुण्डि गाउँका  किरण बर्मा भन्ने किरण कुमार सोनी रअनिल कुमार सोनी  समेतले प्रतिबन्धित नोट कारोबार गर्दछन भन्ने गोप्य सुराकीको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो, महाराजगन्ज बाट  प्रहरी अधिकृत सहितको टोलि खटिई बुढानिलकण्ठ न.पा. वडा नं.२  बस्ने किरण बर्मा भन्ने किरण कुमार सोनी समेत बस्दै आएको डेराकाे कोठामा प्रहरीले  कानुन बमोजिम खानतलासी गर्दा केही महिना पहिले भारत सरकारले प्रतिबन्ध लगाएको रु ५००/ र रु १०००/ दरका नोटहरू जम्मा रु ५०,५०,०००/-भारतीय रुपैयाँ फेला परेको छ र  बरामद रकम सहित पक्राउ परेका दुइ  भारतीय नागरीक किरण कुमार सोनी रअनिल कुमार सोनी लार्इ अाज  मिति २०७४।०२।०९ गते आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन, ललितपुरमा बुझाईएकाे छ ।

बरामद भएको सामानहरुको विवरण:-

१) रु ५००/ दरको २६०० वटा नोटको जम्मा रु. १३,००,०००/

२) रु.१०००/दरको ३७५० वटा नोटको जम्मा रु. ३७,५०,०००/ गरी कुल जम्मा रु५०,५०,०००/-( पचास लाख पचास हजार )

३) मोबाईल थान १ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।