0 COMMENTS

 

काठमाण्डाै ९जेण्ठ०७४/का.म.न.पा. वडा नं. ७ चावहिलबाट संरक्षित वन्यजन्तु सालकको खपटा र काठमाण्डौ का.म.न.पा. वडा नं. १४ कलंकीबाट संरक्षित वन्यजन्तु वाघको छाला एक थान  सहित ६  जनालार्इ प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो बाट खटिएकाे टाेलीले पक्राउ गरेकाे छ पक्राउ पर्नेहरूमा   संखुवासभा चेपुवा गा.वि.स. वडा नं. ५ बस्ने बर्ष ३८ को जुप्प लेण्डुक भोटे,दार्जिलिङ मिरिक नगरपालिका वडा नं. ३ घर भएका बर्ष ४७ को फुर्चुङ भोटिया,काभ्रेपलाञ्चोक धुलिखेल न.पा. वडा नं. १ बस्ने बर्ष २६ को साजन बस्नेत,रामेछाप भिरपानी गा.वि.स. वडा नं. २ बस्ने बर्ष २८ को अभिमन्यु खत्री,म्याग्दी बरङ्जा गा.वि.स. वडा नं. १ बस्ने बर्ष १९ को भरत सापकोटा,छन ।निजहरूलार्इ कारवाहीको लागि जिल्ला वन कार्यालय काठमाण्डौमा बुझाईएको छ ।

अपराध :-राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा साइटिस महासन्धी,१९७५ विरुद्दको अपराध । दण्ड सजाय :-यस्तो अपराध गरेमा पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच बर्षदेखि पन्ध्र बर्षसम्म कैद वा दुबै सजाय हुने व्यवस्था गरिएको ।

बरामद सामान हरूः

 

 

 

 

१)बाघको छाला थान-१ (एक) ।

२) सालकको खपटा ४४ के.जी. ।

३) को २४ प १२५७ नं. र बा ६४ प ३३५८ नं. को पल्सर मोटरसाइकल थान-२ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।