0 COMMENTS

काठमाडाैँ,०८ जेठ २०७४/ राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा कार्यवाहक प्रधानन्यायाधीश गोपाल पराजुलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख दीपक बस्न्यात र महालेखा परीक्षकमा टङ्कमणि शर्मा दङ्गाललाई पद तथा गोपनीयताको शपथग्रहण गराएका छन्।शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा सोमबार आयोजना गरेको विशेष समारोहबीच कार्यवाहक प्रधानन्यायाधीश पराजुलीले बस्न्यात र दङ्गाललाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन्।समारोहमा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्तीमगर, मुख्य सचिव डा सोमलाल सुवेदी, सचिव र नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त बस्न्यात र महालेखा परीक्षक दङ्गाललाई संसदीय सुनुवाइ समितिले आइतबार नियुक्तिका लागि सिफारिस गरेको थियो।नेपाल संविधानअनुसार संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र महालेख परीक्षकमा दङ्गाललाई नियुक्त गर्ने व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।