0 COMMENTS

बनियानी,झापा, ८ जेठ । भारतबाट अवैध रुपमा ल्याउन लागिएको भारतीय रुपैयाँसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

शरीरको विभिन्न भागमा लुकाई नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा भारत सिक्किमका २१ वर्षीय दिवन सुब्बालाई प्रहरीले आइतबार बेलुका पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले भारु तीन लाख ३३ हजार ६४० सहित सुब्बालाई मेचीनगरपालिका–६ स्थित भन्सारको मूलगेटबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेकोे छ । रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।