0 COMMENTS

काठमाडौं८ जेठ ०७४/रामेछापको सुनपती गाउँपालिका स्थित बेथान स्थायी घर भएकी २० बर्षिय महिलालाई दुई युवाले जबर्जस्ती करण गरेको भन्दै महानगरीय प्रहरी वृत कालिमाटीमा उजुरी परेको छ ।
उजुरीका आधारमा प्रहरीले काठमाडौँ महानगरपालिका–१४ कलंकी डेरा गरी बस्ने राजेन्द्र पोखरेल र अग्रज चौधरीलाई पक्राउ गरेको छ । मोरङ सिजुवा –८ घर भएका २९ बर्षीय पोखरेल र मोरङ बिराटनगर उपमहानगरपालिका स्थायी घर धएका २४ बर्षीय अग्रज चौधरीले आफ्नै कोठमा लगेर ति युवतीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

पोखरेलले गत बैशाख ३१ गते काठमाडौँको गोकर्नेश्वर बस्ने युवतीलाई आफ्नो डेरा कोठामा लगेर जबरजस्ती करणी गरेका थिए ।
त्यस्तै चौधरीले समेत जेठ १ गते ती युवतीलाई आप्mनो कोठामा लगेर जबरजस्ती करणी गरेको भनी प्रहरी वृत्त कालिमाटीमा निवेदन दिए पश्चात खटिएको प्रहरी टोलीले दुवैजनालाई पक्राउ गरेको हो । यसबारे आवश्यक अनुसन्धान भईरहेको महानगरीय प्रहरी वृत कालिमाटीका डिएसपी नवराज अधिकारीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।