0 COMMENTS

भक्तपुर, ८ जेठ०७४/मध्यपुरथिमि नगरपालिकाको प्रमुखमा नेकपा एमाले का मदनसुन्दर श्रेष्ठ र उपप्रमुखमा नेपाली काँग्रेसका अञ्जना मधिकर्मी विजय हुनुभएको छ ।

भर्खरै सार्वजनिक भएको मतपरिणामअनुसार श्रेष्ठले १३ हजार ९६० मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अष्ट कवेले १० हजार ८४६ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी उपप्रमुखमा मधिकर्मीले १० हजार ६७८ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेमकिपाका केदार खड्काले सात हजार ७६२ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी मध्यपुरथिमि नगरपालिका वडा नं ९ को वडाध्यक्षमा काँग्रेसका रामकाजी चक्रधरले ६५० मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेमकिपाका राजु कैतीले ५९४ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी महिला सदस्यमा काँग्रेसकी मीरा खड्काले ६९२, दलित महिला सदस्य एमालेकी सुन्तली विश्वकर्माले ६९५, सदस्यहरु काँग्रेसका गोकुल खड्का ७२७ मत र काँग्रेसकै चन्द्रप्रसाद धौवञ्जारले ८२७ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।