0 COMMENTS

काठमाडौँ ८,जेष्ठ०७४/ बूढानीलकण्ठ नगरपालिकाका वडा नं ३ देखि १३ सम्मको मत गणना सकिँदा प्रमुख र उपप्रमुख दुवैमा नेकपा (एमाले) का उम्मेदवारको अग्रता छ । एमालेका उद्धवप्रसाद खरेलले १० हजार ३२६, नेपाली काँग्रेसका राजु श्रेष्ठले आठ हजार ८४, नेकपा (माओवादी केन्द्र)का रवीन अधिकारीले तीन हजार ७१७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सानुकान्छा श्रेष्ठले एक हजार ३८६ मत प्राप्त गर्नुभएको छ ।

वडा नं ३ देखि १३ सम्मको मत गणना गर्दा उपप्रमुखमा एमालेकी रीतादेवी राईले ११ हजार ३९८, काँग्रेसकी सुभद्रा खड्काले आठ हजार ७०४, माओवादीकी होमकुमारी दुलालले दुई हजार ८८८ र राप्रपाकी सावित्रा क्षेत्रीले ९०५ मत प्राप्त गर्नुभएको नगर निर्वाचन अधिकृत सुरेशप्रसाद नेपालले जानकारी दिनुभयो ।

नगरपालिकाको वडा नं ४ र ६ मा काँग्रेसका वडाध्यक्ष विजयी हुनुभएको छ भने बाँकी वडामा एमालेका उम्मेदवार वडाध्यक्षमा विजयी हुनुभएको नगर निर्वाचन कार्यालयले जनाएको छ । हालसम्म २७ हजार ४६२ मत गणना सकिएको छ । वडा नं १ र २को तीन हजार ५०० मत गन्न बाँकी छ । आज बेलुकासम्म मत गणना सकी परिणाम सार्वजनिक गरिने निर्वाचन अधिकृत नेपालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।