0 COMMENTS

चौतारा ८ जेठ०७४/ सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा वंशलाल तामाङ र उपाध्यक्षमा मिरा अधिकारी लामा विजयी भएका हुन् ।

वंशलालले एमाले उम्मेदवार झम्क नेपाललाई दुई सय मतअन्तरले पराजित गरेका छन् । कांग्रेसका उम्मेदवार तामाङको पक्षमा ५ हजार ३६५ र एमाले उम्मेदवार नेपालको पक्षमा ५ हजार १६५ मत परेको छ ।अध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवार चिरञ्जीवी आचार्यले २५८४ मत पाए ।

यसैगरी उपाध्यक्षमा कांग्रेसकी मिरा लामा विजयी भइन् । उनले ५ हजार १६१ मत पाएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी सरस्वती अधिकारीले ५ हजार ८९ मत ल्याइन् ।उपाध्यक्ष पदको माओवादी उम्मेदवार विसमाइ तामाङको पक्षमा २ हजार ६९६ मत परेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।