0 COMMENTS

पोखरा ७ जेठ०७४/ लेखनाथ महानगरपालिकाको हिजोदेखि अवरूद्ध मतगणना सुरू भएको छ। मतगणनाको क्रममा वडा न १७ मा फर्जी मत भेटिएको भन्दै कांग्रेस समर्थित प्रतिनिधिले मतगणनास्थल छोडेर हिँडेका थिए।
हिजो देखि रोकिएको मतगणना सुरु गर्न निर्वाचन आयोगले  मतदान अधिकृतको हस्ताक्षर भएको मतपत्रमा लागेको स्वस्तिक छाप केही सानो वा ठूलो हुँदैमा केही फरक नपर्ने जनाउँदै गणना गर्न  निर्देशन दिए पछि प्रक्रियागत रुपमा मत गणना कार्य अघि बढ्ने भएको हो।
मतगणनाका क्रममा सूर्यमा छाप लगाइएका केही मतपत्रमा साविकको भन्दा फराकिलो आकारको स्वस्तिक छाप प्रयोग भएको पाइएपछि त्यसको छानबिनको माग गर्दै नेपाली काँग्रेससहितका दलका प्रतिनिधि बाहिरिएका थिए।

मतगणना स्थगित भएपछि निर्वाचन कार्यालयले सर्वदलीय बैठक राखेपनि हालसम्म कुनै सहमति जुट्न नसकेको बेला केन्द्रीय निर्वाचन आयोगको निर्देशनमा मतगणना हुने भएको हो।
मत पत्रमा यदि निर्वाचन अधिकृतको हस्ताक्षर भएमा सदर हुने भनिएपछि मतगणना पुनः गर्न लागिएको हो।सर्वदलीय बैठक बसी मतगणना अघि बढाउन खोजे पनि कांग्रेस माओवादीको गठबन्धनले नमानेपछि पोखरा निर्वाचन अधिकारीले निर्वाचन आयोगलाई लिखित पत्राचार गर्दै निर्णय मागेको थियो । केहीबेर अघि निर्वाचन आयोगले मतदान अधिकृतको हस्ताक्षर भएको मतपत्रमा लागेको स्वस्तिक छाप केही सानो वा ठूलो हुँदैमा केही फरक नपर्ने जनाउँदै मतगणना जारी राख्न भनेको छ । स्वस्तिक छाप प्राविधिक विषय भएकाले हुबहु एउटै आकारको नहुन पनि सक्ने आयोगले निर्णय दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।