0 COMMENTS

काठमाडौं ७ जेठ०७४/ प्रेस काउन्सील नेपालका अध्यक्ष भवानी प्रसाद बरालले आज कार्यभार सम्हालेका छन् ।सरकारले उनलाई जेठ ४ गते प्रेस काउन्सीलको अध्यक्षमा नियुक्त गरेको थियो ।आइतबार पद तथा गोपनियताको सपथपछि कार्यभार सम्हाल्दै बरालले बिगतको समिक्षा गरी स्वस्थ, मर्यादित र जवाफदेही पत्रकारिताको बिकासका लागि काम गर्ने बताए । उनले भने, ‘म आजदेखि सबैको साझा भएँ, सबैको साथ र सल्लाहमा अघि बढ्नेछु ।’

उनले आफू आवद्ध विजयपुर साप्ताहिक पत्रिकाबाट राजीनामा दिइसकेको जानकारी पनि दिए ।कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विस्ट, प्रेस काउन्सिलका निमित्त अध्यक्ष किशोर श्रेष्ठ, प्रेस काउन्सिल कर्मचारी संघका अध्यक्ष मानबहादुर लामिछाने, पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शान्तराम बिडारीलगायतले बराललाई फूलमाला र खादा लगाइदिएर स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।