0 COMMENTS

काठमाडौं,७ जेठ०७४/विवेकशील दल समर्थित रञ्जु दर्शनाले १० हजार मत पाएकी छन्। राष्ट्रिय सभागृहको भवनमा जारी मतगणनाको पछिल्लो विवरण अनुसार दर्शनाले १०१४७ मत पाएकी छन्।
अहिलेसम्म ७७ हजार ६३२ मत गणना भइसकेको छ। मत तालिकामा नेकपा एमालेका उम्मेद्वार बिद्यासुन्दर शाक्यले २५ हजार १ सय ५२ मत पाएका छन्। यस्तै नेपाली कांग्रेसका उम्मेद्वार राजुराज जोशीले १७ हजार ७ सय १० मत पाएका छन्।
तेस्रो स्थानमा रहेकी दर्शनापछि साझा पार्टी समर्थित किशोर थापाले ७ हजार ६ सय ७१ मत पाएका छन्। माओवादीका सर्वोत्तम डंगोलले २८८० मत ल्याएर पाँचौ स्थानमा छन्।
यस्तै उपमेयरतर्फ नेपाली कांग्रेसकी हरिप्रभा खड्गीले २३ हजार १ सय ७२ मत ल्याएर शीर्ष स्थानमा छन्। यस्तै एमाले समर्थित राप्रपाका राजाराम श्रेष्ठले १३ हजार ९ सय १८ मत ल्याएका छन्। साझा पार्टीकी निरूपमा यादवले ४ हजार ९ सय ७ मत पाएकी छन्। यस्तै माओवादी केन्द्रकी सुशीला पौडेल ४हजार १ सय ९४ मत पाएकी छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।