0 COMMENTS

काठमाडौं ७ जेठ०७४/ साझा यातायातले आफ्नो यात्रु बस सेवा भक्तपुरसम्म नै विस्तार गर्न अनुमति पाएको छ । ललितपुरको यातायात ब्यवस्थापन समितिले २० वटा साझाका बसलाई भक्तपुरको नयाँ बाटोमा मात्रै चल्ने गरी रुट इजाजत दिएको हो ।

साझाले कोटेश्वरबाट सानोठिमी- पुरानोठिमी- भक्तपुर हुँदै कमलविनायक भएर नयाँ बाटोमार्फत फर्किने गरी रुट मागेको थियो । तर, यो रुटमा भने साझाले अनुमति पाएन ।नयाँ बाटो र पुरानो बाटोमा बस सेवा विस्तारका लागि गत चैतको सुरुवातमै भक्तपुरसम्म रुट इजाजत माग्दै साझाले यातायात ब्यवस्था विभागको साना ठूला सवारी कार्यालयमा आवेदन दर्ता गरेको थियो ।

यातायात ब्यवस्था विभाग साना ठूला सवारी कार्यालयले २० वटा बस नयाँ बाटोमा चल्न पाउने गरी अनुमति दिएको हो । योसँगै भक्तपुरको पुरानो बाटोमा अब साझा नजाने पक्का भएको छ । साझा यातायातले पुरानो बाटो र नयाँ बाटोलाई समेटेर कमलविनायकबाट फर्किने गरी १०/१० वटा बस सेवा भक्तपुरसम्म विस्तार गर्न अनुमति मागेको थियो ।साझा बसले सेवा थालेपछि आफ्नो एकाधिकार तोडिने डरले ब्यवसायीहरु अत्ताल्लिएर विभागसमक्ष साझाको रुट इजाजत प्रक्रिया रोक्न माग गरेका थिए ।

यातायात ब्यवसायीको विरोधका बीच विभागले नयाँ बाटोमा साझाका बस गुडाउने निर्णय गरेको हो । तर, पुरानो बाटोमा रुट इजाजत दिनेबारेमा अध्ययन भइरहेको विभागले जनाएको छ । ब्यवसायीले साझालाई भक्तपुरमा प्रवेशको अनुमति दिए आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।