0 COMMENTS

नवलपरासी ७ जेठ२०७४/ निर्वाचन अधिकृत हरिलाल पुरीले तीन दिनअघि मतपरिणाम सुनाउँदै नवलपरासी विनयी–त्रिवेणी गाउँपालिका–२ बाट कांग्रेसकी महिला सदस्य उम्मेदवार बिन्दा नेपाललाई निर्वाचित भएको घोषणा गरेका थिए। विजय जुलुससहित गाउँका मतदातासँग खुशीयाली बाँडेर घर फर्केकी नेपाललाई तेस्रो दिन पराजित भएको जानकारी दिइएको छ। निर्वाचन अधिकृतको कार्यालयले मतपरिणाम घोषणा गरेको दुई दिनपछि नेपालसहित सबै विजयी उम्मेदवारलाई शपथ खुवाउँद प्रमाणपत्र वितरण गरेको थियो। २ गते मतपरिणाम घोषणा गरेर ४ गते शपथसहित प्रमाणपत्र वितरण गरिएको कांग्रेसबाट विजयी वडाध्यक्ष मुुरारी घिमिरेले बताए। तर साँझ अर्कै निर्वाचित भएको भन्दै प्रमाणपत्र फिर्ता लिन कार्यालय सहयोगीलाई पठाइएको उनले जानकारी दिए। सबै दलका प्रतिनिधिको उपस्थितिमा मतपरिणाम घोषणा गरिएको थियो। शपथ खाएको साँझपख एमाले कार्यकर्ताले विरोध गर्दै कार्यालयमा तालाा लगाएपछि निर्वाचन अधिकृतले पुनः मतपरिणाम हेर्दै एमालेकी पुष्पाा आलेको बढी मत भएको बताएका थिए।

नेपालले विजयी भएर पाएको प्रमाणपत्र स्थानीय एक पसलमा लेमिनेसन गर्न दिएकी थिइन्। कर्मचारीले पसलबाटै प्रमाणपत्र लिएर गएको घिमिरेले जानकारी दिए। एमालेकी पुष्पा आले निर्वाचित हुनुपर्नेमा मत जोड्दा त्रुटि भएको भन्दै निर्वाचन अधिकृतले नेपालको पमाणपत्र पसलबाटै फिर्ता ल्याउन लगाएका थिए। १० मतको अन्तरमा नेपाल विजयी भएको घोषणा गरिएको थियो। मतपरिणाम घोषणा गर्दा नेपालको एक हजार ४९ र रानाको एक हाजार ३९ सुनाइएका थियो। तेस्रो दिन रानाको एक हजार एक सय ३९ मत र नेपालको एक हजार ४९ मत रहेको बताइएको थियो। दुई दिनसम्म विजयोत्सव मनाएकी नेपाल पराजित भएको सुनेपछि मानसिक तनावमा रहेको वडाध्यक्ष घिमिरेले बताए। मतपरिणामजस्तो विषयमा लापरवाही गरेको भन्दै कांग्रेस कार्यकर्ताहरूले निर्वाचन अधिकृत पुरीको आलोचना गरेका छन्। सात वडा रहेको विनयी–त्रिवेणी नगरपालिकाको ६ नम्बर वडामा ६ कांग्रेसले र एक एमालेले जितेका छन्।अन्नपूर्ण पोस्ट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।