0 COMMENTS

काठमाडौं ६,जेष्ठ०७४/ काठमाडौंको तार्केश्वर नगरपालिकामा एमालेको अग्रता छ। एमाले कांग्रेसभन्दा ९३६ मतले अघि छ।हालसम्म तार्केश्वर नपाको वडा नम्बर ८ सम्मको गणना सकिएका सूचना अधिकृत निर्मला योङ्याले जानकारी दिइन्।उनका अनुसार मेयरका लागि एमालेका उम्मेदवारले ७४७३ मत पाएका छन्। त्यस्तै कांग्रेसका उम्मेदवारको ६५३७ मत छ भने माओवादी केन्द्रका उम्मेदवारले २४५९ मत पाएका छन्। राप्रपाका उम्मेदवारले ४८६ र नयाँशक्ति÷फोरमले २०४ मत पाएको छ।
उपमेयरमा पनि नेकपा एमाले नै अघि छ। एमालेले ८४१२ मत पाएको छ भने कांग्रेसले ५७०० मत पाएको छ। माओवादीको २०८६ मत छ भने राप्रपाकाको ५२६ र नयाँशक्ति÷फोरमको १९३ मत छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।