0 COMMENTS

 रसुवा ६,जेठ ०७४/ शुक्रबार खुकुरी प्रहार घटनाका दोषीलाई कारबाहीको माग गर्दै नेकपा (एमाले) रसुवाले आजदेखि अनिश्चितकालीन रसुवा बन्द आह्वान गरेको छ।   एमालेका जिल्ला अध्यक्ष कर्णेल लामाद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार खुकुरी प्रहार गर्ने दोषी र दोषी भगाएको आरोप लागेका स्याफ्रुबँेसी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षकलाई कारबाही गर्नुपर्ने माग गरिएको छ । रसुवा बन्दले जनजीवन प्रभावित भएको छ।   उता प्रहरीले भने दोषीको खोजी जारी रहेको जनाएको छ ।

प्रहरी सहायक निरीक्षक मधुकान्त खड्कामथि छानबिन सुरु भइसकेको बताइएको छ। शुक्रबार स्याफ्रुबेँसीका एक युवकले अर्का युवकलाई खुुकुरी प्रहार गरेपछि आक्रोशित भिडले एक मोटरसाइसकलमा आगजनी गर्नाका साथै प्रहरी चौकी स्याफ्रुबेँसीसमेत तोडफोड गरेको थियो।   खुकुरी प्रहारबाट घाइते फुर्पु साग्बो तामाङको काठमाडौँस्थित ग्य्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको बताइएको छ। बिहीबार राति नौकुण्ड गाउँपालिका, यार्सामा भएको खुकुरी प्रहारबाट घाइते भएका व्यक्तिको पनि सोही अस्पतालमा उपचार भइरहेको जनाइएको छ। 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।