0 COMMENTS

काठमाडौँ, ५ जेठ०७४/ राष्ट्रिय मानवअधिकार आयोगले जघन्य मानवअधिकार उल्लङ्घनको घटनाका सम्बन्धित कोही कसैलाई पनि छुट नदिन आग्रह गरेको छ ।आयोगले आज विज्ञप्तिमार्फत २०७२ साल भदौमा कैलालीमा आठ सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएका सम्बन्धमा उचित छानबिन गर्न र आपराधिक घटनामा संलग्नलाई कुनै पनि उन्मुक्ति नदिन आग्रह गरेको हो ।

आयोगले जघन्य अपराधमा संलग्नलाई उन्मुक्ति दिनु दण्डहीनतालाई प्रश्रय हो भन्दै यसबाट मानवाधिकारको संस्कृतिको विकासमा मद्दत नपुग्ने देखिएको जनाएको छ ।

आयोगले सो घटनाको सम्बन्धमा स्थलगत अनुसन्धान गरी २०७३ फागुन २४ गते नै प्रतिवेदन दिइएको ध्यानाकर्षण गराउँदै आपराधिक घटनालाई राजनीतिक आवरण दिइनु गलत भएको जनाएको छ । आयोगका प्रवक्ता मोहना अन्सारीले आपराधिक घटनालाई राजनीतिक आवरण दिइनु गलत भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।