0 COMMENTS

 काठमाडौं५ जेठ ०७४/ पक्राउ परेका राजधानीका २ जना गुन्डा नाइके दीपक मनाङ्गे र चक्रे मिलन प्रहरी हिरासत मुक्त भएका छन्। प्रहरीले उनीहरुलाई पक्राउ गरेर सार्वजनिक मुद्दा चलाएको थियो। हाजिरी जमानीमा उनीहरुलाई छाडिएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी छबिलाल जोशीले जानकारी दिए।प्रहरीले गत जेठ २४ गते ठमेलबाट दीपक मनाङ्गे र २६ गते महाराजगंजबाट चक्रे मिलनलाई पक्राउ गरेको थियो। स्थानीय निकायको चुनावलाई प्रभावित गर्न सक्ने भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरुले स्थानीय निकायको चुनावमा आफ्ना समूहमा रहेका युवाहरु परिचालनसमेत गरेको प्रहरीले निष्कर्ष निकालेको छ।
मनाङ्गे राप्रपाका नेता हुन् । उनी मनाङ राप्रपाका अध्यक्षसमेत हुन्। दीपक मनाङ्गे र चक्रे मिलनले भने प्रहरी ‘हिरो’ बन्न अाफूहरुलाइ विनाकारण पक्राउ गरेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।