पोखरा५ जेठ०७४/ पोखरा महानगरपालिकाको जारी मत गणनामा नेकपा एमाले र नेपाली कांग्रेसबीच तिव्र प्रतिस्पर्धा देखिएको छ ।
पछिल्लो मत परिणाम अनुसार एमालेले अग्रता लिएको छ । तर, मतान्तर निकै कम छ । एमालेका मेयरका उम्मेदवार मानबहादुर जिसीले १२ हजार ५९५ मत पाएका छन् । कांग्रेसका रामजी कुँवरले १२ हजार १४४ मत पाएका छन् ।उपमेयरमा पनि एमालेको अग्रता छ । मञ्जु गुरुङले ११ हजार ९१६ मत पाएकी छन् भने कांग्रेसकी सरस्वती गुरुङले १० हजार ८८१ मत पाएकी छन् ।
प्रतिक्रिया दिनुहोस्