0 COMMENTS

काठमाडौं,४ जेठ०७४/ पोखरा महानगरपालिकामा एमालेले अग्रता कायमै राखेको छ। सार्वजनिक भएको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका उम्मेद्वार मानबहादुर जिसीले १३१५६ मतसहित अग्रता कायम गरेका छन्। यो पोखरा महानगरको ९ वडासम्मको गणना सकेर १२ नम्बर वडाको सुरु भइसकेपछिको पछिल्लो मत परिणाम हो।
जसअनुसार मेयरमै नेपाली कांग्रेसका उम्मेद्वार रामजी कुँवरले १२४९० मतसहित एमालेलाई पछ्याइरहेका छन्।यस्तै उपमेयरमा पनि एमालेकै मञ्जुदेवी गुरूङ १२३७१ मतसहित अगाडि छन् भने कांग्रेसकी सरस्वती गुरूङले ११३१८ मतसहित पछ्याइरहेकी छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।