0 COMMENTS

काठमाडौँ ०३जेठ०७४/ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भारतबाट नेपालको विभिन्न नाका हुँदै अवैध तरिकाले प्रतिबन्धित भारतीय नोट ल्याएका १५ जनालाई पक्राउ गरेको छ । ब्युरोबाट खटिएको टोलीले भारतमा प्रतिबन्ध लगाइएको रु ५०० र रु एक हजार दरका दुई करोड १६ लाख ६१ हजार भारतीय रुपैयाँसहित मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।पक्राउ पर्नेमा कमला भण्डारी, दिलीपकुमार लाल, मेघबहादुर थापा, सानुराजा रञ्जित, राजकुमार गिरी, अङ्कुर अग्रवाल, दिनेश अग्रवाल, अनिलकुमार पन्साली, सुरेन्द्रकुमार साङ्घाई, सञ्जयकुमार चौधरी, नवराज गुरुङ, पृथ्वी शाह, अमी रुद्दीन, मजेन लामा र पूर्णबासी गुप्ता रहेका छन् ।

उनीहरुले झोलामा लुकाएर सेन्ट्रो कारमा ल्याउँदै गर्दा प्रहरीले फेला पारेको हो । पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।