0 COMMENTS

 जेठ३,रामेछाप०७४/रामेछापको दोरम्बा गाउँपालिकाको जारी मत गणनामा नेकपा माओवादी केन्द्र र एमालेको गाउँपालिको अध्यक्षमा बराबरी मत आएको छ ।

दोरम्बा गाउँपालिकामा हालसम्म ५ वटा वडाको मत गणना सम्पन्न भएर वडा अध्यक्ष घोषणा भइसकेको छ भने बाँकी २ वटा वडाको मतगणना भइरहेको छ ।पछिल्लो मत परिणाम अनुसार दोरम्बा गाउँपालिको प्रमुखमा माओवादी केन्द्रका कमान मोक्तान २६३८ र एमालेका प्रेम लामा २६३८ मत ल्याएर बराबरी स्थानमा छन् । सुरुमा एमालेले अग्रता लिएपनि ५ नम्बर वडाको मत गणना गर्दा बराबरीको अवस्थामा आइपुगेका हुन् । गाउँपालिको अध्यक्षमा कांग्रेसका मानबहादुर लामाले १८८० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।