0 COMMENTS

धुलिखेल०३जेष्ठ०७४/काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका प्रेम तिमल्सिनाले ३८६८मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेम लामाले २७४१ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा काँग्रेसकै सरिता लामिछाने९लामा० ले ३८५२ मत प्राप्त गरी विजयी हासिल गर्नुभएको छ ।उहाँको निकटम प्रतिद्वन्द्वी एमालेका उन्नती केसीले २८४१ मत प्राप्त गर्नुभएको छ ।

डाँडापारिको खानीखोला गाउँपालिकाको मतगणना कार्य सम्पन्न भएको जनाए पनि सञ्चारको पहुँच नभएका कारण प्राप्त मत परिणाम आउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रोशी गाउँपालिकाको ५ नं– वडा सिसाखानीमा नेकपा (माओवादी केन्द्र)को समूह नै विजयी भएका छन् ।

माओवादीका तीर्थबहादुर लामाले २८४ मत प्राप्त गर्नुभएको छ भने निकटम प्रतिस्पर्धी नेपाली काँग्रेसका धावा लामाले २०९ मत प्राप्त गर्नुभएको छ । माओवादीकोे तर्फबाट महिला सदस्य निशा लामा, दलित महिला सदस्य मैया विक, सदस्य लालसिं लामा र सञ्च लमिनी विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।