0 COMMENTS

 काभ्रे३ जेठ०७४/काभ्रे जिल्लाको पाँचखाल नगरपालिका –४ मा नेपाली काँग्रेस र ५ मा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । पाँचखाल–४ मा नेपाली काँग्रेसका तर्फबाट सुन्दर तामाङ ७१५ मत ल्याएर विजयी भएका छन भने ५ मा नेकपा (माओवादी केन्द्र)का बालकृष्ण सापकोटा ४२३ मत ल्याएर विजयी भएका छन ।

वडा नम्बर ४ मा तामाङका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का गणेश नेपाल ४७९ मत ल्याई दोस्रो भएका छन भने वडा नम्बर ५ मा एमालेकै सीताराम ढुङ्गाना ४१८ मतले दोस्रो भएका छन ।

वडा नम्बर ४ मा महिला सदस्यमा नेपाली काँग्रेसका तर्फबाट सञ्जिता दनुवार विजयी भएका छन । त्यसैगरी, काँग्रेसबाट नै दलित महिला सदस्यमा जमुना विश्वकर्मा, पहिलो सदस्यमा कृष्णबहादुर राई र दोस्रो सदस्यमा निरबहादुर लामा विजयी भएका छन ।

वडा नम्बर ५ मा एमालेबाट महिला सदस्यमा चित्रकुमारी सापकोटा, दलित महिला सदस्यमा जमुना मिजार सार्की, पहिलो सदस्यमा टोकबहादुर सापकोटा र दोस्रो नम्बर सदस्यमा भोटु गिरी विजयी भएका छन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।