0 COMMENTS

 

काठमाडौँ,२ जेठ ०७४/ मतगणना प्रक्रियामा बूढानीलकण्ठ नगरपालिका सबैभन्दा अगाडि देखिएको छ । नगर निर्वाचन कार्यालयका अनुसार दिउँसो तीन बजेसम्मको मतगणनाअनुसार पाँच हजार ३१ मत गणना भइसकेको छ ।

यस नगरको वडा नं १२ र १३ को मतगणना सकिएको नगरका प्रमुख निर्वाचन अधिकृत सुरेशप्रसाद नेपालले राससलाई जानकारी दिनुभयो । वडा नं १२ मा नगर प्रमुख पदमा नेकपा (एमाले)का उम्मेदवार उद्धवप्रसाद खरेलले एक हजार ४९१ मत प्राप्त गर्नुभएको छ ।

नेपाली काँग्रेसका उम्मेदवार राजुराज श्रेष्ठले एक हजार १०९ मत प्राप्त गर्नुभएको छ भने नेकपा(माओवादी केन्द्र)का रवीन अधिकारीले ३३१ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी वडा नं १३ मा काँग्रेसले ६४९, एमालेले ९८५, राप्रपाका सानुकान्छा श्रेष्ठले ५८७ मत प्राप्त गर्नुभएको छ ।

जारी मतगणनाअनुसार वडा नं ११ मा नगर प्रमुखको एक हजार ४९५ मत घणना हुँदा काँग्रेसले ५५०, एमाले ६७० र माओवादी केन्द्रले १७७ मत प्राप्त गरेको छ । पछिल्लो मतगणनाअनुसार यस नगरमा नेकपा(एमाले) अगाडि देखिएको छ । त्यसैगरी १२ र १३ नं वडाको अध्यक्षमा एमालेकै उम्मेदवार विजयी भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।