0 COMMENTS

सिन्धुली२ जेठ०७४/ सिन्धुलीको मरिण गाउँपालिकाका सबै पदमा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवार पानीराज बम्जन ४ हजार ४ सय ८४ मतका साथ विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार एकबहादुर राना मगरले १ हजार ७ सय ७३ मत पाए ।

गाउँपालिकाको उपप्रमुखमा पनि माओवादी केन्द्रकै संगिता माझीको पल्लाभारी भएको छ । उनी ४ हजार २ सय ३३ मत ल्याएर विजयी भइन् । एमालेकी शर्मिलाकुमारी माझीले १ हजार ८४७ मत पाइन् ।

गाउँपालिकाको प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यहरुमा पनि माओवादी केन्द्रले एकलौटी जित हात पारेको छ ।

जिल्ला निर्वाचन अधिकृतको कार्यालय, सिन्धुलीले गाउँपालिकाको सबै पदमा माओवादी केन्द्रले कांग्रेस- एमालेलाई ‘क्लिन स्वीप’ गरेको जानकारी दिएको छ ।तीन नम्बर प्रदेशअन्तर्गतको स्थानीय तहमा माओवादी केन्द्र विजयी भएको यो पहिलो नतिजा हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।