जेष्ठ २, २०७४- सम्भावित झडपको त्रासले स्थानीय प्रशासनले मंगलबार बेलुकी ७ देखि भोलि बिहान ५ बजेसम्मका लागि नारायणनगरपालिकामा निषेधाज्ञा जारी गरेको छ ।हिजो साँझ कांग्रेस-एमालेबीच झडप भएपछि नगरपालिका अशान्त बनेको थियो । वडा नम्बर एकका कांग्रेस उम्मेदवार बलराम श्रेष्ठको घरमा एमाले उम्मेदवारले ढुंगामुढा गरेपछि प्रशासनले शान्ती सुरक्षा कायम गर्न नसघाएको आरोप कांग्रेसको छ ।
कांग्रेस र एमालेबीचको विवाद बढ्दै जाँदा सम्भावित झडप रोक्न जिल्ला प्रशासनको निषेधाज्ञा जारी गरेको हो ।
प्रतिक्रिया दिनुहोस्