0 COMMENTS

 एजेन्सी ०२जेठ / अमेरिकाको क्यालिफोर्नियाको सन फ्रान्सिस्कोमा पछिल्लो वर्ष एक घर निर्माणको क्रममा १ सय ४० वर्ष पुरानो बच्चाको मृत शरीर फेला परेको छ । त्यो बच्चालाई चिहानमा राखिएको थियो । त्यति पुरानो भएर पनि ति बच्चीको शव सुरक्षित थियो ।

एक वर्षको समय लगाएर सोधकर्ताहरुले त्यो बच्चीको पहिचान खुलाउन सफल भएका हुन् । युनिभर्सिटी अफ क्यालिफोर्नियाका प्रोफेसर जेलमर इर्किनकाअनुसार त्यो बच्चीको नाम इडिथ हवार्ड कुक थियो ।

जसको १८७६ मा मृत्युु भएको थियो । मृत्यु पश्चात उनको शव सम्मानपुर्वक कफनमा राखेर गाडिएको थियो । उनको शवलाई चाँदीको बाकसमा राखिएको थियो । जसको कारण मृत्युु भएको १ सय ४० वर्षपछि घर निर्माणको दौरानमा त्यो मृत शरीर फेला परेको हो । सोधकर्ताले यी बच्ची खानदानी परिवारको सन्तान भएको निष्कर्ष निकालेका छन् ।

सोधकर्ताले त्यो बच्चाको डिएनए परिक्षण गर्दा एक जीवित व्यक्तिसँग मिल्न गएको थियो । त्यसपछि ति बच्चीको विवरण सोधकर्ताहरुले पत्ता लगाउन सफल भएका थिए । सोधकर्ताको खोज अनुसार ति बच्ची ३ वर्षको हुँदा कुपोषणको कारण मृत्यु भएको थियो । त्यसबेला बच्चीको मृत शरीरमा गुुलाफको फू्ल राखिएको थियो भने बच्चीले जालीदार फ्रक लगाएकी थिइन् ।

यति लामो समयसम्म पनि मृत शरीर सुरक्षित रुपमा फेला परेपछि सबै आश्चर्यमा परेका थिए । सबै अनुसन्धानपछि अघिल्लो महिना शवको अन्तिम संस्कार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।