0 COMMENTS

गौशाला ०२, जेठ२०७४ /महोत्तरीको बर्दिवासमा नगरपालिकाको भवन निर्माण गर्नका लागि स्थानीयवासी १० जनाले रु पाँच करोड ५० लाख मूल्य बराबरको जग्गा दान गरेका छन् । स्थानीयवासी भवनाथ पोखरेल, रमेशकुमार, विनोद भण्डारी, गोपी पोखरेल, रामजी महतो, अर्जुनसिंह ठकुरी, शेखरकपिल हमाल र लालबहादुर हमाललगायतले दुई कठ्ठा १० धुर जग्गा दिनुभएको हो ।

बर्दिवास नगरपालिका कार्यालय निर्माणका लागि स्थानीयवासीले आफ्ना करोडाँै मूल्य पर्ने जग्गा दान दिएपछि नगरपालिकाले उनीहरुलाई फूलमाला र अबिर लगाएर सम्मान गरेको नगरपालिकाका सूचना अधिकारी नारायणसिंह ठकुरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।