0 COMMENTS

भक्तपुर२ जेठ०७४/ जिल्लाको चाँगुनारायण नगरपालिकाको नगरेकोटमा बुधबार पुनः मतदान हुने भएको छ । चाँगुनारायण नगरपालिकाको नगरकोट ‘ख’ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को चुनाव चिह्न नभएको मतपत्र पुगेपछि स्थगित मतदान बुधबार पुनः हुन लागेको हो ।

चाँगुनारायण नगरपालिकाको नगरकोट ‘ख’ मतदान केन्दमा बुधबार पुनः मतदान गर्न लागिएको चाँगुनारायण नगरापालीकाका निर्वाचन कार्यलय प्रमुख रिन्ज डंगोलले जानकारी दिए । डंगोलका अनुसार यो मतदान केन्द्रमा ८०७ मतदाता छन् ।

चाँगुनरायण नगरपालिकामा नेपाली काग्रेस, नेकपा एमाले , नेपाल मजदुर किसान पार्टी र राष्टिय प्रजातन्त्र पार्टीले चुनाव चिह्न बिनाका मतपत्रको गणना स्थगित राखेर गणना अघि बढाउनु पर्ने मत राखेका थिए । तर, मुख्य निर्वाचन कार्यलयले पुनः चुनाव गर्ने निर्णय गरेसँगै बुधबार पुनः मतदान हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।