0 COMMENTS

काठमाडौं१जेण्ठ०७४/ चितवनको भरतपुर महानगरपालिकामा एकजना उम्मेद्वारकै पति मतदानबाट वञ्चित भएका छन् । नेकपा माओवादी केन्द्रबाट भरतपुर महानगरपालिका वडा नम्बर चारको दलित महिला सदस्य पदकी उम्मेदवार लक्ष्मी नेपालीका पति फणिन्द्रबहादुर नेपाली मतदानबाट वञ्चित भएका हुन् ।

लक्ष्मी माध्यमिक विद्यालय लंकु मतदान केन्द्र अगाडि आइतबार दिउँसो भेटिएका नेपालीले निर्वाचन आयोगको लापरबाहीका कारण आफू मतदानबाट वञ्चित हुनुपरेको बताए ।

तीन महिनाअघि मतदाता परिचयपत्रका लागि फोटो खिचाएपनि निर्वाचन आयोगले परिचयपत्र अर्को केन्द्रमा पठाएपछि उनले भोट हाल्न नपाएको बताए ।आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।