0 COMMENTS

जेठ १, काठमाडौं०७४/चीनले केरुङसम्म ल्याउन लागेको रेलमार्ग लिंक काठमाडौंसम्म जोड्न सरकारले चीनलाई आग्रह गरेको छ। बेइजिङमा आइतबार सुरु भएको वान बेल्ट वान रोड (ओबर) को अन्तर्राष्ट्रिय सहयोग मञ्चमा सहभागी हुन आएक उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चिनियाँ समकक्षी वाङयाङलाई यस्तो आग्रह गरेका हुन ।

स्याप्रुवेशी–रसुवागढी सडक विस्तारमा चीनको सहयोगसम्बन्धी सम्झौताका क्रममा महराले उपप्रधानमन्त्री वाङसँग छुट्टै कुराकानी गर्दै भने, ‘राजधानीलाई चिनियाँ रेलमार्गले जोड्न अत्यावश्यक छ। यसका लागि चीनले सहयोग गर्नुपर्यो।

चीनले यसअघि राखेको काठमाडौंसम्म रेलमार्ग ल्याउने र त्यो रेललाई पोखरा र लुम्बिनीसम्म लैजाने विषयमा पनि छलफल भएको थियो। आजको कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।