0 COMMENTS

काठमाडौं,३१ वैशाख०७४/ निर्वाचन आयोगले आइतबार चुनाव हुने भनिएका तीन वटा मतदान स्थलमा भने मतदान रोकिएको जनाएको छ । काभ्रेको नमोवुद्ध नगरपालिका–४ को जनक उच्च माबि मतदान केन्द्र, दोलखाको मेलुङ गाउँपालिकाको पवटीस्थित सत्येश्वर माबि मतदान केन्द्र र कालिकोटको कालिका गाउँपालिकाको तालाचौर आधारभुत विद्यालयमा रहेको मतदान केन्द्रमा आइतबार चुनाव स्थगित भएको आयोगले जनाएको छ ।

दोलखाको मेलुङमा झडपका क्रममा मतपेटिका नै फालिएका कारण चुनाव रद्ध गरिएको छ । नमोवुद्धमा शनिवार राती सशस्त्र प्रहरीको गोली लगेर एक जना गाउँलेको ज्यान गएपछि स्थानीयबासिन्दाले चुनाव हुन नदिएका हुन् । यस्तै कालिकोटमा पनि चुनाव हुन नसकेको हो । ती ठाउँमा चाँडै चुनाव गरिने आयोगले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।