0 COMMENTS

वैशाख ३१, २०७४- माओवादी र कांग्रेस कार्यकर्ताको झडपका कारण रामेछापको दोरम्बा गाउँपालिकामा पर्ने साविक टोकरपुरको पुन्चेतमा रहेको कालिका भवगति मतदान केन्द्रको मतदान कार्य स्थगित गरिएको छ ।

मतदान भइरहेको वेला झडप भएपछि प्रहरीले एक राउण्ड हवाइ फायर र एक सेल अश्रुग्यास प्रहार गरी स्थितीलार्इ नियन्त्रणमा लिएको छ । झडपमा सम्लग्न २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । झडपमा एक जना सामान्य घाइते भएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जनाएका छन् । केन्द्रमा थप सुरक्षा फौज परिचालन गरीएको उनले वताए ।

झडप भएपछि उक्त केन्द्रको मतदान कार्य ३ घण्टादेखि रोकिएको निर्वाचन अधिकृत प्रेमचन्द्र भुषालले वताएका छन । १ सय ६७ जनाले मतदान गरेपछि मतदानको कार्य स्थगित भएको हो । भूसालले मतदान केन्द्र सामान्य अवस्थामा आइसकेको र पुन मतदानको लागि सर्वदलिय बैठक राख्ने पहल भइरहेको जनाएका छन ।

रामेछापका अन्य मतदान केन्द्रमा उल्लासपूर्ण वातावरणमा मतदान भइरहेको छ । जिल्ला सदरमुकाम मन्थलीको मतदान केन्द्रमा ५० प्रतिशत भन्दा बढी मतदान भइसकेको छ । मतदाताहरु उल्लासपूर्ण वातावरणमा मतदान कार्यमा सहभागी भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।