0 COMMENTS

वैशाख ३१, २०७४- गोली लागेर शनिबार राती नमोबुद्ध नगरपालिका ३ का २८ बर्षीय नवराज पाठकको मृत्यु भएको छ ।

स्थानीय प्रत्यक्षदर्शीले सशस्त्र प्रहरी बल (एपीएफ) ले चलाएकाले गोलीबाट मृत्यु भएको दाबी गरेपनि यकिन हुन नसकेको अनुसन्धानमा खटिएका जिल्ला प्रहरी कार्यलयका डिएसपी नविनराज राईले जानकारी दिए । घटनास्थल नजिकैको जनक बहुमुखी क्याम्पसमा सशस्त्र प्रहरी बल क्याम्प खडा गरेर बसेको छ ।

स्थानीयका अनुसार, दिउसो सशस्त्रसँग स्थानीयको विवाद भएको थियो । प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडाले भने मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गोली चलाएको सूचना आएको दाबी गर्दै प्रहरीलाई गोली चलाउन कुनै आदेश नदिएको बताए । उनले घटनाबारे अनुसन्धान थालिएको जानकारी दिए- कान्तिपुर

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।