0 COMMENTS

नयाँ दिल्ली३०, बैशाख २०७४/ विवादित बयान दिएको आरोपमा योग गुरु बाबा रामदेव विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

सन् २०१६ अप्रिल ४ को दिन भारत हरियाणको रोहतक जिल्लामा आयोजित सद्भावना सम्मेलनमा रामदेवले यदि कानुनले दिने हो भने भारत माताको जय नभन्ने लाखौँ मानिसको शीर काट्ने सामथ्र्य भएको भाषण गरेका थिए ।सोही बयानको सुनुवाई गर्दै रोहतक जिल्ला सत्र न्यायलयका न्यायिक मजिस्ट्रट हरिश गोयलले रामदेवविरुद्ध पक्राउ पुर्जी जारी गर्ने आदेश दिएका हुन् । तर उनीविरुद्धको पक्राउ पुर्जीभने जमानती रहेको छ ।एक लाख भारतीय रुपये बुझाएर बाबा रामदेव रिहा हुन सक्ने अदालतले जनाएको छ । साथै १४ जुनको दिन अदालतमा उपस्थित हुन पनि आदेश दिईएको छ । अदालतको आदेशलाई अटेरी गर्दै बाबा रामदेव यसअघि पनि अदालतमा पेश भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।