0 COMMENTS

संखुवासभा३०बैशाख०७४/संखुवासभाको उत्तरी हिमाली भोटखोला गाउँपालिकाको ४ र ५ वडामा तीन दिनदेखि पटक पटक भूकम्पको झड्का आउन थालेपछि स्थानीयवासी आतंकित भएका छन् ।

वैशाख २६ देखि २९ सम्म लगातार भूकम्पको झट्का आउने क्रम नरोकिएपछि भोटखोलावासी आतंकित भएका हुन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

जिल्लाको सदरमुकाम खाँदबारीबाट ३ दिन पैदल टाढा रहेको भोटखोला गाउँपालिकाको गोला, तुङखालीन, स्याकशिला, लुमसुङ, लिङ्गमलगायत गाउँमा अहिले पनि दिनको ३ देखि ५ पटकसम्म ठूलो आवाजसहित भूकम्पको झट्का आइरहेको भोटखोला गाउँपालिकाका उत्तरमान राईले बताए

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।