0 COMMENTS

धनगढी, ३० वैशाख०७४ /धनगढीको सडकमा दुई प्रेसर कुकर बम भेटीएको छ । स्थानीय तहको निर्वाचनको मुखैमा धनगडीको दुई सडकमा बम फेला परेको हो ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बम राखेको बताइएको छ । धनगढीको मुख्य चौराहाबाट उत्तर अत्तरिया जाने सडक र पूर्व जोड्ने मनहेरा सडकमा बम फेला परेपछि यातायात अवरुद्ध भएको छ ।

चौराहा नजिक राखेको बम इन्जिनीयरिङ गुल्म बोराडाडीबाट आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले अहिले बिहान ७ बजे निस्कृय पारेको छ भने मनहेरामा राखेको बम केही बेर अघि निस्कृय पारेको छ । आफ्ना पार्टीका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको विरोधमा नेपाल कम्युनिष्ट पार्टीले आज नेपाल बन्द आव्हान गरेको छ । बन्द सफल बनाउन सडकमा बम राखेको सो पार्टीका एकजना जिल्लास्तरीय नेताले बताए ।

चौराहामा प्रेसर कुकरमा खतरा लेखेको अबस्थामा बम भेटिएको हो । मनेहरामा भने बोराभित्र प्रेसर कुकर बम भेटिएको प्रहरी जनाएको छ । बम भेटिएका दुवै ठाउँमा प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाउँदै केही बेर यातायात बन्द गरेको थियो । सडक खाली गराएर बम निस्कृय पारेपछि अहिले सडकमा सवारी साधन गुड्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।