0 COMMENTS

काठमाडौं, ३१वैशाख ०७४/ यसअघिका निर्वाचनमा जस्तै यसपटक पनि स्थानीय तह निर्वाचनको मतदानका दिन आइतबार सवारीसाधन सञ्चालन निषेध गरिएको छ।निर्वाचन आयोगले मतदान हुने क्षेत्रमा सवारीसाधन चलाउन निषेध गर्ने निर्णय गरिसकेको छ। यसपटक मतदानको दिन बिहान पाँच बजेदेखि बेलुका सात बजेसम्म सार्वजनिक तथा निजी सवारीसाधन ठप्प हुनेछन्। तर मतदाता परिचयपत्र लागू गरेपछि सवारीसाधन सञ्चालन गर्न निषेध गर्नु उचित नभएको पूर्वअर्थसचिव रामेश्वर खनाल बताउँछन्। ‘मतदानका दिन सवारीसाधन सञ्चालन ठप्प पार्ने हाम्रोमा परम्परा नै बनेको छ। विगतमा यो स्वाभाविक पनि थियो किनभने एउटा मतदाताले धेरै ठाउँ पुगेर मत हाल्नसक्ने सम्भावना रहन्थ्यो’, केही समयअघि राजनीतिमा सक्रिय रहेका खनालले भने, ‘मतदाता परिचयपत्र लागू भइसकेको अवस्थामा अब सवारीसाधन निषेध गर्नु आवश्यक छैन।

विदेशमा मतदानका दिन बिदासमेत दिन छाडिएको उल्लेख गर्दै उनले नेपालले पनि अब यस्ता कुरामा ध्यान दिनुपर्ने बताए। ‘विदेशमा हुने अभ्यासबाट पनि हामीले राम्रा कुरा सिक्नुपर्छ। निर्वाचनको व्यवस्थापनलाई हाउगुजी बनाउनु हुँदैन’, उनले भने। खनालको भनाइमा पूर्वराजदूत जयराज आचार्य पनि सहमति छन्। आचार्य भन्छन्, ‘सुरक्षा व्यवस्थापनका दृष्टिले सवारीसाधन ठप्प पार्न लागिएको हो भने यसबारे पुनर्विचार गर्नुपर्छ। हामीले सर्वसाधारणको आवागमन सहज बनाउनुपर्छ। बरु सबैलाई आवतजावत सजिलो बनाइदिनुपर्छ।’ आचार्यले आफू जापान र थाइल्यान्ड बस्दा मतदानको दिन सवारी सञ्चालनमा कुनै रोकटोक नभएको अनुभव सुनाए।

देशमा मतदानका दिन सवारीसाधन सञ्चालन ठप्प पार्ने परम्परा नै बनिसकेको छ। अस्पताल, प्रेस, पर्यवेक्षक, सुरक्षा निकाय, कूटनीतिक नियोग, विशिष्ट व्यक्ति, उम्मेदवारलगायत केही सीमित वर्गलाई बाहेक अरूलाई सवारीसाधन सञ्चालन गर्न दिइँदैन। उनीहरूले सवारी सञ्चालनका लागि आयोगबाट अनिवार्य रूपमा अनुमति लिएको हुनुपर्छ। यसपटक पनि त्यही परम्पराले निरन्तरता पाएको छ। निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्मा मानिसको आवतजावत रोक्न र सुरक्षा व्यवस्था व्यवस्थित बनाउन सवारी सञ्चालनमा कडाइ गरिएको बताउँछन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।