0 COMMENTS

काठमाडौं २९ वैशाख०७४/ सरकारले नेपाली सेनाको दरबन्दी यथावत राखेर संरचनामा परिवर्तन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले नेपाली सेनाको राष्ट्रिय सेवा दलमा दरबन्दी यथावत राखी तीन सय ४० जनालाई समायोजन गर्ने निर्णय गरेको हो ।
यस्तै सरकारले तराइ मधेसका जिल्लामा स्थानीय तहको संख्या थप गर्न उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छेदारको संयोजकत्वमा समिति गठन गरेको छ । समितिलाई तराइका १९ जिल्लामा थप हुने स्थानीय तहको संख्या सिफारिस गर्न पाँच दिनको समय दिइएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमर्की सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।
समितिमा रक्षामन्त्री बालकृष्ण खाँड र कानूनमन्त्री अजयशंकर नायक सदस्य हुनुहुन्छ । मधेसी दलको मागअनुसार स्थानीय तहको संख्या थप्न सरकारले अघिल्ला उपप्रधानमन्त्री कमल थापाको संयोजकत्वमा समिति गठन गरेको थियो ।
समितिले काम पूरा नगर्दैै थापाले सरकार छाडेपछि अर्को समिति बनाइएको हो । तराईका जिल्लामा एक सय हाराहारी स्थानीय तहको संख्या बढाउने सरकारको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।