0 COMMENTS

काठमाडौं२८, वैशाख०७४/ आज २८ गते बिहीबार,देखी शनिबार सम्म मतदाता परिचयपत्र वितरण हुने भएकाे छ ।आयोगका अनुसार चुनावमा आवश्यक सबै सामग्री जिल्लामा पुर्‍याइसकिएको छ भने सबै मतदान केन्द्रमा सुरक्षाकर्मी खटिसकेका छन् । आउँदो बुधबारसम्म सबै केन्द्रमा निर्वाचन अधिकृतसहित मतपत्र, मतपेटिका लगायतका सामग्री पनि पुगिसक्ने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

अाज २८ गते बिहीबारदेखि ३० गते शनीबार सम्म  सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण गर्ने कार्य भइरहेकाे छ ।   मतदान गर्न मतदाता परिचयपत्र अनिवार्य चाहिने भएकाले आफ्नो मतदान केन्द्रबाट परिचयपत्र लिन आयोगले सबैसँग आग्रह गरेको छ ।

आयोगका अनुसार आफ्नो मतदाता परिचयपत्र लिन मतदाता आफै केन्द्रमा जानुपर्छ, जान नसक्ने भएमा परिवारका सदस्यमार्फत लिन मन्जुरीनामा दिएर पठाउन सकिने अथवा अाफ्नाे परीवारका सदस्य हरूले परीचय पत्र सहीत अाफ्नाे परीवारकाे परीचय पत्र लीनपाइने कुरा जानकारी गरायकाे छ  ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।