0 COMMENTS

काठमाडौं२७ बैशाख०७४/ निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भोट हाल्न यसअघिको मतदाता परिचय पत्र प्रयोग नहुने बताएको छ ।
आयोगले मतदाता परिचयपत्रको स्वरुप परिवर्तनका साथै धेरै मतदाताको मतदान केन्द्रसमेत परिवर्तन भएकाले अब पुरानो परिचय पत्र काम नलाग्ने भएको जनाएको छ । आयोगले सबै मतदातालाई बैशाख २८ देखि ३० गतेसम्म आफ्नो मतदान स्थलमा पुगेर नयाँ परिचय पत्र लिनसमेत आग्रह गरेको छ ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले पुरानो मतदाता परिचयपत्रले मत हाल्न नपाइने प्रष्ट पारे । ‘मतदाताले पुरानो कार्ड बोकेर बसेको र त्यसैका आधारमा मतदान गर्ने तयारी गरेको पाइयो, त्यो गलत हो । आयोगले बैशाख २८ गतेदेखि वितरण गर्ने नयाँ कार्डका आधारमा मात्र भोट हाल्न पाइन्छ’, प्रवक्ता शर्माले भने ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।