0 COMMENTS

काठमाडौं२७ बैशाख २०७४/ निर्वाचन आयोगले पहिलो चरणको मतदानलगत्तै मतगणना गर्ने जनाएको छ ।दोस्रो चरणको निर्वाचनसम्म मतगणना पर्खिने कि नपर्खिने भन्ने द्विविधाबीच आयोगले दोस्रो चरणसम्म नकुर्ने स्पष्ट गरेको हो । ’वैशाख ३१ गते निर्वाचन सकिएर मतदानस्थलमा मतपेटिका पुगेपछि मतगणना सुरु हुन्छ’, निर्वाचन आयुक्त नरेन्द्र दाहालले भने अन्नपूर्ण पोस्टमा खबर छ ।

आयोगले वैशाख ३१ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । मतदानलगत्तै मतदान अधिकृतसमक्ष मतपेटिका पुर्‍याउनुपर्छ ।

प्रमुख विपक्षी एमालेले मतपेटिकाको सुरक्षाको प्रश्न उठाइरहेका बेला आयोगले मतदानलगत्तै मतगणना गर्ने जनाएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बोलाएको बैठकमा पनि एमाले नेताहरूले मतदानलगत्तै मतपेटिका गणना गर्नुपर्ने माग गरेको थियो ।

पहिलो चरणमा तीन प्रदेशका ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा ४९ हजार तीन सय ३७ जना उम्मेदवारले उम्मेदवारी दिएको आयोगले जनाएको छ । आयोगका अनुसार निर्वाचनमा ३० हजार पाँच सय पुरुष र १९ हजार तीन सय ३२ महिला उम्मेदवार बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।