0 COMMENTS

काठमाडौं२७ बैशाख०७४/कोटेश्वरस्थित होटल होम एण्ड गेष्टहाउसमा मृत अवस्थामा भेटिएकी लक्ष्मी तामाङको हत्यामा संलग्न एक युवक पक्राउ परेका छन् ।

लक्ष्मी र एक युवक २३ गते गेष्ट हाउसमा बसेका थिए । तर, युवक राति नै एयरपोट जान्छु भन्दै हिँडे भने भोलिपल्ट विहान लक्ष्मी मृत अवस्थामा भेटिइन् ।अनुसन्धानका क्रममा प्रहरीले मंगलबार सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका – ५ घर भएका ५१ वर्षका बद्रीप्रसाद तिमल्सिनालार्इ पक्राउ परेको छ ।

प्रहरीका अनुसार मृतक लक्ष्मीका श्रीमान बैदेशिक रोजगारीको शिलसिलामा मलेशिया गएका छन् । र, उनको बद्रीसँग करिब १८ महिना पहिला फोनमार्फत चिनजान भएको थियो, जतिबेला बद्री साउदीमा थिए ।त्यसपछि उनीहरूको सम्वाद बाक्लिँदै गयो । घर परिवारका अन्य सदस्यहरुले थाहा नपाउन भनेर उनी प्राय गोठमा गएको बेलामा बद्रीसँग कुराकानी गर्थिन । बद्रीप्रसाद गत चैत २० गते नेपाल आए ।

लक्ष्मी र बद्रीविच दुई पटक काठमाडौंमै भेटघाट भएको र होटलमा गई बस्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरूबीच अर्थिक लेनदेन समेत थियो ।पछिल्लो पटक उनीहरूबीच बैशाख २३ गते कोटेश्वरमा भेट भएको थियो । उनीहरू त्यही रात गेष्ट हाउसमा गए तर, लेनदेनको विषयमा विवाद भयो । त्यही क्रममा लक्ष्मीलाई सलको पासोले घाँटी कसेर हत्या गरे र, उनीसँग भएको सुनको सिक्री, औंठी टप लगातर लुटेर भागे । होटल सञ्चालकले शंका नगरोस् भनेर तीन जनालाई खाना अर्डर गरि आफू एयरपोर्ट जान्छु भनि हिंडेको थिए ।

हत्या गर्ने योजना पहिला नै भएका कारण गेष्ट हाउस नजिकैको किराना पसलबाट १० को प्लाष्टिकको डोरी समेत खरिद गरेर लगेको पाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।