0 COMMENTS

काठमाडौं२६बैशाख०७४/ एलइडी बल्ब खरिदमा अनियमितताको आरोप लागेपछि नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले पत्रकार सम्मेलन गरेर उक्त आरोपको खण्डन गर्नु भएको छ।

मंगलबार प्राधिकरणमा पत्रकार सम्मेलन गरेर  भावुक हुँदै कार्यकारी निर्देशक घिसिङले आफूले इमान्दार भएर काम गर्दा पनि गलत लाल्छना लागेको बताए। उनले भने, ‘म एउटा बल्लमा पैसा खानुपर्ने हैसियतको मन्छे होइन्। पैसा नै खाने भए २/४ घण्टा लोेडसेडिङ गरेको भए करोडौँ कमाउँथे।

निर्देशक घिसिङले एलइडी बल्बमा कुनै अनियमितता नभएको प्रष्ट पार्नु भयो। सरकारले भारतीय कम्पनीसँग दुई अर्बको एलइडी बल्ब किन्ने तयारी गरिरहेको छ। ऊर्जा मन्त्रालयले केही दिनअघि पत्रकार सम्मेलन गरेर दुई अर्बको लागत ४० अर्ब रुपैयाँ जोगाउनका लागि एलइडी बल्ब खरिद प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको थियो।

करिब २०० मेगावाट विद्युत् उत्पादन गर्नका लागि हालको बजार मूल्यअनुसार करिब ४७ अर्ब रुपैयाँ लागत आवश्यक पर्दछ। एक एलइडी बल्बका लागि भारतीय रुपैयाँ ६५ पर्दछ भने बजार मूल्य ३५० देखि ४०० रुपैयाँसम्म पर्दछ।

घिसिङले विद्युत जोगाउनका निम्ति बल्ब किन्न लाग्दा अनियमितताको आरोप लागेकोप्रति आपत्ति जनाउनु भएको हो। पत्रकार सम्मेलनमा घिसिङले सस्तोमा नेपालमै कसैले एलइडी बल्ब दिए आफूले खरिद गर्ने समेत बताएका छन्।

मन्त्रिपरिषद्को केही दिन पहिलेको बैठकले एलइडी बल्ब खरिद गर्ने सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले एलइडी बल्ब प्रयोग भएपछि औद्योगिक क्षेत्रमा रहेको चार घन्टा विद्युत्भार कटौती अन्त्य गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।