0 COMMENTS

 

चिवतन२६ वैशाख०७४/ पूर्वी चितवनको रत्ननगरस्थित सौराहा चोकमा तीनवटा गाडी ठक्कर खाँदा १३ यात्रु घाइते भएका छन् । रत्ननगर नगरपालिका–१ स्थित सडकमा सोमबार राति साढे १२ बजेतिर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा ३ ख ९३११ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना ६ ख ६१६३ नम्बरको ट्रक ठक्कर खाँदा दुर्घटना भएको हो ।
दुर्घटनाका क्रममा बा ३ ख ९३११ नम्बरको बसको पछाडिबाट आइरहेको ना ५ ख ९१३६ नम्बरको बस समेत ठक्कर खान पुग्दा दुवै बसका गरेर १३ जना यात्रु घाइते भएका हुन् ।
घाइतेमध्ये चारजनाको रत्ननगर बकुलहर अस्पतालमा उपचार भइरहेको छ भने अन्यको चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बस र ट्रकका चालक भने इलाका प्रहरी कार्यालय रत्ननगरको नियन्त्रणमा रहेका छन् । तीव्रगतिमा गाडी चलेकाले दुर्घटना भएको अनुमान प्रहरीको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।